Header Ads

test

मौलिक तिज गित "माइती को काख" सार्वजनिक [ भिडियो सहित ]

२०७५ साउन | प्रकाशित ११ : ००


सुन्दर पोष्ट.com


◼ परिवर्तन क्षेत्री



नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा निहारिका संगीत प्रालीको प्रस्तुती मा लक्ष्मी न्यौपाने र शारदा बस्याल को तिज गीत "माइती को काख" को भिडियो बजारमा सार्वजनिक भएको छ ।


"माइती को काख" बोलको गीतमा गायिका लक्ष्मी न्यौपाने र शारदा बस्याल को स्वर रहेको छ ।
गायिका बस्याल को सो गीतमा अभिनय करिष्मा ढकाल सगै स्मृति तिमल्सिना 'गुरुआमा' ले पनि कम्मर मर्काएकी छिन् ।


यो गित को भिडियो [ MUSIC NEPAL ] को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।


दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा ."माइती को काख" गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ ।


यस गीतमा शब्द लक्ष्मी न्यौपाने र लय शारदा बस्याल को रहेको गीतको भिडियो लाई स्मृति तिमल्सिना 'गुरुआमा' निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठ ले छायांकन गरेको भिडियोलाई प्रकाश धमला ले सम्पादन गरेका छन् ।


हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ ।


यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको गायक गायिका बताउछ्न ।
पूरा भिडियो हेर्नुहोस :





• यो सामाग्री यहाँ बाट share गर्नुहोस् 


No comments