Header Ads

test

वास्तविक बिषय बस्तुमा बनेको तिज गित "दिदी भाई २" सार्वजनिक [ भिडियो सहित ]

२०७५ साउन | प्रकाशित ०० : ००



[  सुन्दर न्युज .com ]

◼  मन्जित पहाडी

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुरूआमा फिल्मस् प्रालीको प्रस्तुती मा स्मृति तिमल्सिना 'गुरुआमा' को तिज गीत "दिदी भाई २" को भिडियो बजारमा सार्वजनिक भएको छ ।

"दिदी भाई २" बोलको गीतमा गायक खुमन अधिकारी र गायिका स्मृति तिमल्सिना को स्वर रहेको छ ।

गायिका तिमल्सिना को सो गीतमा अभिनय महेन्द्र भण्डारी र रमा थपलिया, सुस्मिता साप,सेर बहादुर डिसी,गीता खड्का, सुमन थापा को पनि राम्रो भुमिका देख्न सकिन्छ ।

यो गित को भिडियो [ GURUAAMA FILMS ] को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा "दिदी भाई २" गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ ।

यस गीतमा शब्द बिष्णु न्यौपाने तथा लय खुमन अधिकारी को रहेको गीतको भिडियो लाई स्मृति तिमल्सिना'गुरुआमा' ले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठ छायांकन गरेको भिडियोलाई प्रकाश धमला ले सम्पादन गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ ।

यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको गायक गायिका बताउछ्न ।

पूरा भिडियो हेर्नुहोस :





• यो सामाग्री यहाँ बाट share गर्नुहोस् ✓

No comments