Header Ads

test

गायिका मन्जु भट्टराई को मन चोरे तुलसिङ ले [ भिडियो सहित ]

२०७५ साउन २७ | प्रकाशित ११ : ००

   


[ सुन्दर न्युज .com ]


📝  मन्जित पहाडी

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा योग्सना डिजाइन म्युजिक प्रालीको प्रस्तुती मा तुलसिं रन पछाई "म्युजिक" र मन्जु भट्टराई को तिज गीत "सुनको बाला" को भिडियो बजारमा सार्वजनिक भएको छ ।

"सुनको बाला" बोलको गीतमा गायक तुलसिं रन पछाई र गायिका मन्जु भट्टराई को स्वर रहेको छ ।

गायिका भट्टराई  को सो गीतमा बिजय राना मगर सँगै प्रियंका श्रेष्ठ ले पनि कम्मर मर्काएकी छिन् ।

यो गित को भिडियो [ YOGSANA DIGITAL ] को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा "सुनको बाला" गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ ।

यस गीतमा लय / शब्द गणेश अधिकारी को रहेको गीतको भिडियो लाई भागिरथ गाहा मगर ले निर्देशन गरेका हुन् । सुरेश राणा छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगर ले सम्पादन गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ ।

यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको गायक गायिका बताउछ्न ।

पूरा भिडियो हेर्नुहोस :

                        


• यो सामाग्री यहाँ बाट share गर्नुहोस् ✓

No comments